२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउन तयार छौँ : सुरक्षा निकायका प्रमुख

शनिवार , कार्तिक १, २०८२

काठमाडौँ । सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था मिलाउन तयार रहेको जानकारी गराएका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा शनिवार बसेको सुरक्षा निकायका प्रमुखहरूसँगको बैठक उनीहरुले यस्तो बताएका हुन् ।

बैठकमा निर्वाचनको वातावरण र सुरक्षाका विषयमा केन्द्रित रहेर छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीको समन्वयमा भएको बैठकमा सबै चारवटै सुरक्षा निकायका प्रमुख, गृहमन्त्री ओमप्रकाश अर्याल र अन्य मन्त्रीहरुको उपस्थिति रहेको थियो ।

राष्ट्रपति पौडेलले भयरहित वातारणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास राजनीतिक दल र आम नागरिकलाई गराउन सरकार र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिए ।

साथै, राष्ट्रपति पौडेलले भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दी सबैलाई अविलम्ब फिर्ता गर्न पनि आग्रह गरे ।

त्यस्तै, अन्तरिम सरकार प्रधानमन्त्री कार्कीले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउन सरकारले कुनै कसुर बाँकी नराख्ने बताइन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट