२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

हाम्रो बटमलाइन पूरा नभइ चुनावमा जान्नौ, दल खोल्नुको अर्थ चुनावमा जानु होइन : मिरज ढुंगाना

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । जेनजी युवा अभियानता मिरज ढुंगानाले आफ्नो बटमलाइन पूरा नभइ चुनावमा नजाने बताएका छन् ।

शनिबार राजधानीमा नयाँ पार्टी घोषणा गर्न पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् । ढुंगानाले भने, ‘प्रत्यक्ष कार्यकारी निर्वाचित कार्यकारीको मुद्दा हाम्रो एउटा बटमलाइन हो ।’

उनले विदेशमा भएका नेपालीलाई भोट हाल्ने व्यवस्था हुनैपर्ने पनि बताए । उनले भने, ‘३ करोडमा ८० लाखलाई छुटाएर हुन्छ ? त्यत्रो रगत पसिना बगाएर गर्नुभएको जनसंख्यालाई छाड्न हुँदैन । यो नभइ पनि हामी निर्वाचनमा जानेवाल नै छैनौं ।’

उनले आफूहरूले दल खोल्ने निर्वाचनमा जाने उद्देश्यका लागि मात्रै नभएको बताए । उनले भने, ‘हामीले राजनीतिक दल खोल्नुको अर्थ निर्वाचनमा जानु भनेर होइन । यो क्लियर होस् ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट