२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कांग्रेस बैठकद्वारा पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले कांग्रेसका पूर्व केन्द्रीय सदस्य ऋषिकेश गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गरेको छ ।

पार्टी कार्यालय सानेपामा शनिबार बसेको बैठक यसअघिको एजेण्डामा प्रवेश नगरि ऋषिकेश गौतमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै पारित शोक प्रस्ताव पारित गर्दै स्थगीत गरिएको हो ।

बैठकले स्वर्गीय गौतमप्रति सम्मान प्रकट गर्दै कात्र्तिक १, २ र ३ गते (तीन दिनसम्म) पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालहरूमा झण्डा आधा झुकाउने र कात्र्तिक २ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको छ ।

त्यस्तै स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय पनि बैठकले गरेको महामन्त्री गगन थापाले जानकारी दिए ।

कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व मन्त्री, नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य एवं नेपाली कांग्रेस बाराका पूर्व सभापति ८४ वर्षीय ऋषिकेश गौतमको असोज ३१ गते राति काठमाडौको पेप्सीकोला स्थित निजी निवासमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट