काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकार फागुन २१ मा चुनाव गराउने पक्षमा नरहेको बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकारले दलहरूलाई चुनावमा भाग लिनै नदिन खोजेकोले आफूले संसद् पुनर्स्थापना हुनुपर्ने माग गरेको बताए ।
अध्यक्ष ओलीले शान्ति सुरक्षा कायम नभएसम्म चुनाव नहुने भन्दै सरकारले फागुन २१ मै चुनाव हुन्छ भनेर जनतालाई ढाटेको बताए ।
ओलीले सुशीला कार्की नेतृत्वको सरकार आगजनी, तोडफोड र लुटपाटबाट जन्मिएको टिप्पणी गरे । उनले यो सरकारलाई संविधान र कानुनले कतैबाट पनि नचिनेको बताए ।
प्रतिक्रिया दिनुहोस