२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

ओली लक्षित प्रचण्डको टिप्पणी : पटक-पटक विघटन गर्नेले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद

शनिवार , कार्तिक १, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पटक–पटक विघटन गर्नेहरूले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु हास्यास्पद भएको बताएका छन् ।

अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार माओवादी पार्टी कार्यालय पेरिसडाडामा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा प्रचण्डले यसअघि संसद बिघटन गर्ने केपी ओलीको समूहले अहिले संसद पुनःस्थापनाको कुरा गर्नु विडम्बनापूर्ण भएको बताएका हुन् ।

उनले आगामी फागुन २१ गतेको निर्वाचन संविधानसम्मत र लोकतान्त्रिक प्रक्रियाको हिस्सा भएको उल्लेख गर्दै निर्वाचन हुन नसके देशमा अर्को अराजकता आउन सक्ने बताए । घोषित निर्वाचनलाई भाड्ने काम कसैले नगर्न उनले चेतावनी दिए ।

प्रचण्डले सबैले राष्ट्रिय सहमतिका साथ चुनाव सम्पन्न गराउनु जरुरी रहेको जिकिर गरे । उनले सरकार निर्वाचन गर्न गम्भीर रहेको विश्वास आफुलाई रहेको बताए । प्रचण्डले वर्तमान संविधान केही हदसम्म ट्रयाकबाट चिप्लिएको उल्लेख गर्दै त्यसलाई ट्रयाकमा ल्याउने उपाय भनेकै संविधान संशोधन भएको बताए । उनले समाजवादी मोर्चामा आबद्ध बाम शक्तिहरूबीच चाँडै औपचारिक एकता घोषणा हुने जानकारी दिए ।

प्रचण्डले जेनेरेसन जेडलाई क्रान्तिकारी आन्दोलनको उत्तराधिकारीको रूपमा चित्रण गर्दै उनीहरूमाथि अपमानजनक टिप्पणी जायज नहुने स्पष्ट पारे । त्यस्तै उनले जुनसुकै क्रान्तिमा आफ्नो मित्र शक्ति र दुस्मन शक्ति छुट्याउन नसक्दा बलिदानका उपलब्धिहरुलाई संस्थागत गर्न नसकिने उल्लेख गर्दै आफ्नो मित्र शक्ति चिन्न आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट