२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सत्ताच्युतपछि एमाले अध्यक्ष ओलीले पहिलोपटक पत्रकार सम्मेलन गर्दै

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दै छन्। जेनजी आन्दोलनपछि सत्ताच्युत भएको करिब एक महिनापछि उनले पहिलोपटक सञ्चारकर्मीलाई बोलाएर आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन्।

पत्रकार भेटघाट कार्यक्रम दिउँसो १ बजे कोटेश्वरस्थित होटल ‘ए वान भेन्यू’मा हुने तय भएको छ। यसअघि उक्त कार्यक्रम ललितपुरको रामबाग महलमा हुने भनिएको थियो। हालैमात्र एमाले केन्द्रीय कमिटीको बैठक त्यहीँ सम्पन्न भएको थियो।

ओलीले शुक्रबार सम्पन्न केन्द्रीय कमिटी बैठकको अन्त्यमा विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणका विषयमा प्रत्यक्ष संकेत नगरे पनि घुमाउरो अभिव्यक्तिमार्फत समर्थन झल्काएका थिए। सो संकेतपछि फरक मत राख्दै आएका नेताहरूको आन्तरिक तयारी हाललाई रोकिएको एमाले स्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट