२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मोहन वैद्यले नेतृत्वबाट दिए राजीनामा,‍ महासचिवको जिम्मा सीपी गजुरेललाई

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । स्वास्थ्यको कारण देखाउँदै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको महासचिव पदबाट मोहन वैद्य किरणले स्वैच्छिक राजीनामा दिएका छन् ।

शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको छ ।

८० वर्ष उमेरका उनले स्वास्थ्य लगायतको कारण देखाउँदै पद छोड्ने निर्णय गरेका हुन् । उनको स्थानमा पार्टीले सीपी गजुरेललाई महासचिव बनाउने पार्टीले निर्णय गरेको छ ।

नेता हुकुम सिंहले भने ‘किरणले शारिरक रूपमा काम गर्न नसक्ने भर्चुअल मार्फत् जानकारी गराउनुभयो । महासचिवमा वरिष्ठ नेता सीपी गजुरेललाई नियुक्त गरिएको छ ।’

मोहन वैद्य २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट बनेको क्रान्तिकारी कम्युनिष्ट पार्टीको महासचिव बनेका थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट