२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मेरो सत्य बोल्ने बानीलाई दम्भ र अहंकार देखायो भन्छन् : ओली

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो सत्य बोल्ने बानीलाई अहंकार र दम्भको रुपमा चित्रण गरिएको प्रति दुखेको गरेका छन् ।

आइतबार सम्पादकहरूसँगको संवादमा बोल्दै आफूले कुनै दम्भ र अहंकार नदेखाएको बताए।

उनले भने, ‘अरूले आत्मालोचना गरे, सम्पादकज्यूहरूले पनि गर्नुभयो होला अशान्ति र हिंसा भड्किने वातावरण बनाएकोमा। सबैलाई भन्दिनँ केहीले, जसले गर्नुभएको थियो सम्झिनुहोला। हेर त दम्भ र अहंकार भन्नुहुन्छ, सत्य बोल्ने मेरो बानी छ।’

अन्तरक्रियामा उनले जेनजी आन्दोलनका मागलाई सही र न्यायोचित ठहर गर्दै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको स्पष्ट पारे।

‘जेनजीहरूले विरोध प्रदर्शनका लागि तयारी गरेका थिए, तर उनीहरूको खुला तीन वटा माग मात्रै थिए — भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने।’

उनका अनुसार ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख थिए। ओलीले थपे, ‘उनीहरूले प्रधानमन्त्रीको राजीनामा मागेका थिएनन्। म तिनै तीन कुराका लागि लडिरहेको थिएँ।’

उनले आफू देश र जनताप्रति पूर्ण बफादार भएको दाबी समेत गरे । कसैलाई मन परे पनि नपरे पनि उक्त बफादारिता नछाड्ने उनले बताए ।

‘शान्ति सुव्यवस्था थियो । भंग भएको छ । निर्धक्क वातावरण थियो । त्रासदी छ । देश विकासको बाटोमा अघि बढ्दै थियो । सार्वभौमसत्ताको संरक्षण गरेर अघि बढ्दै थियो । त्यो भताभुंग भएको छ । अस्थिरतामा गएको छ ।’ उनले भने ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट