काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेनजीको माग प्रधानमन्त्रीको राजीनामा नभएको बताएका छन् ।
जेनजी आन्दोलनका कारण सरकार छाड्न बाध्य भएका ओलीले आइतबार राजधानीमा सञ्चार माध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै यस्तो बताएका हुन् ।
उनले जेनजीले आन्दोलनको क्रममा प्रधानमन्त्रीको राजीनामा नमागेको बरु उनीहरुलाई धोकामा पारिएको बताए । उनले जेनजीलाई धोकामा पारेर विरोध प्रदर्शनका लागि तयार पारिएको बताए ।
उनले जेनजी आन्दोलनका माग सही र न्यायोचित भएको बताउँदै आफू त्यही उद्देश्यका लागि प्रतिबद्ध रहेको बताए ।
ओलीले भने, ‘जेनजीहरूले विरोध प्रदर्शनमा खुला तीन वटा माग मात्रै राखेका थिए, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल खुला राखिनुपर्छ भन्ने ।’
ती मागहरू राष्ट्रिय हितसँग मेल खाने र सुधारको दिशामा उन्मुख रहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस