२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

'म स्वस्थ छु, पाँच फिटका पोथ्रा नाघेर हिँड्छु अनि किन दिने कार्यवाहक ?'

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू स्वस्थ भएकाले कार्यवाहक दिइराख्नु नपर्ने बताएका छन् ।

आइतबार सम्पादकहरूसँगको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्यवाहक अर्को नेतालाई सुम्पिएको विषयमा उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘शेरबहादुरजीले कार्यवाहक दिनुभयो। उहाँ उपचार गर्न जानुभएको छ त कार्यवाहक दिनुहुन्न’, ओलीले प्रश्न गरे, ‘म पाँच फिटका पोथ्रा नाघेर हिँड्छु अनि कार्यवाहक दिनुपर्ने ? बेकारको। किन दिने कार्यवाहक ?’

जेनजी पुस्ताको आन्दोलनका क्रममा भदौ २४ गते सभापति देउवाले असोज २८ गते केन्द्रीय समिति बैठकमा पुगेर उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए।

त्यस्तै उनले एमालेले निर्वाचन बहिष्कार गर्ने भन्ने कुरा असत्य भएको दाबी गरे । यस विषयमा स्पष्टोक्ति दिँदै उनले भने, ‘यो सरकारले चुनाव नै गराउँदैन, हुँदै नहुने चुनाव एमालेले कसरी अस्वीकार गर्‍यो ? बहिस्कार कसरी हुन्छ ?’

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट