२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

राष्ट्रको समस्या समाधान गर्न राजसंस्था लगाएत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक छ : नेता श्रेष्ठ

आइतवार , कार्तिक २, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राष्ट्रको समस्या समाधान गर्न राजसंस्था लगाएत सबै शक्तिबीच सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका छन् ।

आइतबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले राष्ट्रको समस्या समाधान दलहरु भित्रैबाट गर्नुपर्ने त्यसका लागि राजसंस्था लगाएत, पराम्परागत शक्ति, राजनीतिक दलहरु, जेनी आन्दोलन र फरक मत राख्ने सबै शक्तिहरुलाई समेटेर सर्वपक्षीय संवाद आवश्यक रहेको बताएका हुन् ।

लोकतन्त्रमा फरक मत अपरिहार्य रहेकाले त्यसलाई स्वीकार गर्ने शाहस सबैले देखाउनुपर्ने उनले बताए ।

श्रेष्ठले जेनजी आन्दोलनले उठाएका मागहरुलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिए । उनले राष्ट्रहित, सार्वभौमसत्ता र राष्ट्रिय चाहनालाई सर्वोपरि राख्दै आन्तरिक संकटको समाधानमा बाह्य हस्तक्षेपमुक्त रहन सर्वपक्षीय भेला गरेर समाधान निकाल्न ढिलाई गर्न नहुने धारणा राखे ।

सर्वपक्षीय भेलाको प्रक्रियामा आफुले सक्रिय समन्वयकारी भूमिका खेल्न तयार रहेको उनले बताए । त्यस्तै उनले नेपालको राष्ट्रिय आवश्यकता र कांग्रेसकोका अधिवेशनको कार्यदेशलाई सन्तुलन हुने गरी पार्टीका सबैसँग छलफल गरेर महाधिवेशनको उपयुक्त मिति तय गर्न समेत आग्रह गरे ।

 श्रेष्ठले राष्ट्र र राष्ट्रियतामाथि सङ्कट परेको अवस्थामा पार्टीगत हीत तथा पार्टीभित्रका गुटउपगुटबाट माथि उठेर एकजुट हुनुपर्ने बताए । राजनीतिक दल लोकतन्त्रका वाहक भएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको विकल्प नभएको बताए ।

कांग्रेसमा शेरबहादुर देउवाले नेतृत्व हस्तान्तरण गरे पनि अरूले त्यस्तो अग्रसरता देखाउन नसकेको पूर्वउपसभापति श्रेष्ठको भनाइ थियो । उनले पार्टीमा नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गर्न सक्दो सहयोग गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट