२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

विदेश भागेका भनिएका पूर्वऊर्जामन्त्री दीपक खड्का आइतबार स्वदेश फर्किएका थिए

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । विदेश भागेका भनिएका पूर्वऊर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का आइतबार मात्र स्वेदश फर्किएको पाईएको छ ।

जेनजी आन्दोलनका कारण सत्ताच्यूत भएपछि विदेश भागेका भनिएका उनी भारतबाट सडकमार्ग हुँदै आइतबार झापाबाट काठमाडौं आएका थिए ।

आइतबार उनी झापाको भद्रपुरबाट बुद्ध एयरमार्फत काठमाडौं आएको विमानस्थल स्रोतले जनाएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले ‘देश छाडेर भागेको’ दाबी गरेको एकदिनपछि उनी सार्वजनिक भए । सोमबार बुढानीलकण्ठमा रहेको आन्दोलनकारीले जलाएको आफ्नै घरबाट नै खड्काले अन्तरक्रिया गरेका हुन् ।

आन्दोलनलगत्तै खड्का परिवारसहित सडकमार्गबाट भारत गएको बताइएको छ ।

खड्काले आफू परिवारको उपचारका लागि भारत गएको बताएका छन् । उनले आन्दोलनपछि केही समय तराई गएको र परिवारलाई डेंगी भएपछि नयाँदिल्ली गएको बताए ।

गत २४ भदौको जेनजी आन्दोलनमा उनको घरबाट ठुलो मात्रामा पैसा भेटिएको भिडियो सार्वजनिक भएको थियो ।

गृहमन्त्री अर्यालले सरकारले सम्पत्ति छानबिन सुरु गरेपछि तत्कालीन ऊर्जामन्त्री खड्का भागेको दाबी गरेका थिए ।

एक अन्तरवार्तामा उनले भनेका थिए, ‘अहिले हामीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पूर्ण रूपमा सक्रिय बनाइरहेका छौँ । कसैको भागाभागसमेत भएको छ । तत्कालीन ऊर्जामन्त्री भागिसके । अरू पनि भाग्न खोज्दै छन् ।’

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट