२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सचिवालयबाट राजीनामा दिँदै गंगा दाहालले भनिन् : ‘निष्कलङ्क भएर पनि विवादमा परिहालिने रहेछ’

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकिय सचिव तथा छोरी गंगा दाहालले सचिवालयको जिम्मेवारीबाट राजीनामा दिएकी छन्।

उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पछिल्ला दिनमा आफूमाथि सञ्चार माध्यम र सामाजिक सञ्जालमा फैलाइएका भ्रामक समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेकी छन्।

गंगाले लेखेकी छन्, “दाजु प्रकाश दाहालको निधनपछि आमा सीता दाहाल बिरामी हुनुभएको अवस्थाका कारण पार्टीको निर्णयअनुसार सचिवालयमा जिम्मेवारी लिएकी थिएँ। पार्टी र अध्यक्षलाई सहयोग गर्न निस्वार्थ भावनाले काम गरेँ, तर जतिसुकै निष्कलङ्क भएर काम गरे पनि विवादमा परिहालिने रहेछ।”

उनले आफूले कहिल्यै पनि व्यक्तिगत स्वार्थका लागि काम नगरेको बताउँदै सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत भइरहेको निरन्तर कुप्रचारले पार्टी र अध्यक्ष प्रचण्डमाथि योजनाबद्ध प्रहार भइरहेको आरोप लगाएकी छन्।

गंगाले आफ्नो नाममा जोडिएका महँगा ब्याग र घडीबारे आएका समाचार असत्य भएको बताएकी छन्। उनका अनुसार ती वस्तु साथीहरूले जन्मदिनको अवसरमा दिएको सामान्य उपहार मात्र थिए।

सचिवालयको जिम्मेवारीबाट राजीनामा दिए पनि आफू पार्टीप्रति जीवनभर प्रतिबद्ध रहने बताउँदै उनले भनिन्, “पार्टीकी जिम्मेवार कार्यकर्ता भएकाले आजीवन पार्टीमा क्रियाशील रहनेछु।”

राजीनामासँगै उनले पार्टीका नेताकर्मचारी, कार्यकर्तादेखि आम नागरिकसम्म सबैप्रति धन्यवाद ज्ञापन गर्दै तिहार, छठ र नेपाल संवत्‌का अवसरमा शुभकामना व्यक्त गरेकी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट