काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरुलाई छलफलका लागि बोलाएकी छिन् ।
आगामी फागुन २१ गते हुने भनिएको निर्वाचनका सम्बन्धमा छलफल गर्नका लागि सात वटा राजनीतिक दलका नेतालाई बोलाइएको हो ।
प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार राष्ट्रिय मान्यता प्राप्त दलबाट दुई–दुईजना प्रतिनिधि पठाउन औपचारिक पत्र पठाइएको छ ।
छलफलमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा र प्रवक्ता डाक्टर प्रकाश शरण महत सहभागी हुनेछन् ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवाली सहभागी हुनेछन् भने नेकपा माओवादी केन्द्रबाट पम्फा भुसाल र वर्षमान पुन जाँदैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा। स्वर्णिम वाग्ले र सचिवालय सदस्य सोविता गौतम सहभागी हुँदैछन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठ जाँदैछन् ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य प्रकाश अधिकारी तथा जनमत पार्टीका अध्यक्ष सीके राउत सहभागी हुनेछन् ।
यसअघि प्रधानमन्त्री कार्कीको उपस्थितिमा दलहरूसँग राष्ट्रपति रामचन्द्र पौडेलले छलफल गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस