२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपाली कांग्रेसद्वारा विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले प्यालेष्टिनी समूह हमासले बन्धक बनाएको अवस्थामा मृत्यु भएका कञ्चनपुरका विपीन जोशीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज शोक विज्ञप्तिमार्फत जोशीको असामयिक निधनले सम्पूर्ण नेपालीलाई स्तब्ध तुल्याएको उल्लेख गर्दै उनीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।

जोशी सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रम अन्तर्गत दुई वर्षअघि अध्ययनका लागि इजरायल गएका थिए । उनी सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणका क्रममा बन्धक बनाइएपछि त्यसयता उनको सकुशल रिहाइका लागि नेपाल सरकार, अन्तर्राष्ट्रिय समुदाय र मानवअधिकारवादी सङ्घ–संस्थाले निरन्तर कुटनीतिक पहल गर्दै आएको थियो । उनका परिवारले समेत सक्रिय प्रयास जारी राखेको थियो ।

जोशीको पार्थिव शरीरको आज महाकाली नदीको भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अत्येष्टी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट