काठमाडौं । आगामी निर्वाचनको तयारीका विषयमा छलफल गर्न प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा जारी छ ।
बैठकमा कांग्रेस, एमाले, माओवादीलगायत १० वटा दलका नेताहरु सहभागी भएका छन् ।
निर्वाचन तयारीको विषयमा जारी छलफलमा राष्ट्रिय मान्यताप्राप्त दलका साथै निवर्तमान संसदमा प्रतिनिधित्व गर्ने थप दलका प्रतिनिधिहरू पनि सहभागी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस