२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सर्वदलीय बैठक : सरकारले निर्धारित समयमा चुनाव गराउनेमा एमालेको आशंका

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौं । नेकपा एमालेले वर्तमान सरकारले निर्धारित समयमा चुनाव गराउनेमा आशंका गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभाको निर्वाचनको राजनीतिक वातावरण बनाउन विघटित संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेताहरुसँग छलफल गरेकी छन् ।

मंगलबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेकाे उक्त सर्वदलीय बैठकमा सहभागी एमाले नेताहरूले वर्तमान सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे ।

सर्वदलीय बैठकमा एमालेबाट महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीपकुमार ज्ञवाली सहभागी थिए ।

तर निर्वाचनमा जाने कुरामा भने सबै दलको सहमति देखिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी रहको उनका प्रेससंयोजक रामबहादुर रावलले जानकारी दिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट