२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

हामी निर्वाचन केन्द्रित भइसक्यौँ, सरकारले उचित वातावरण बनाओस् : माओवादी

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनका लागि आवश्यक वातावरण बनाउन आग्रह गरेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार आह्वान गरेको सर्वदलीय बैठकमा सो पार्टीले निर्वाचनका लागि भयरहित वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएको जनाएको छ ।

पार्टीका सचिवालय सदस्य वर्षमान पुनका अनुसार, सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने भएपनि पर्याप्त ध्यान पुग्न नसकेकाले तत्काल आवश्यक कदम चाल्नुपर्छ ।

माओवादी केन्द्रले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको दोहोर्याउँदै मतदाता नामावली अद्यावधिक गर्न निर्देशन जारी गरेको समेत जानकारी गराएको थियो । यस्तै, घोषित मितिमा निष्पक्ष धाँधलीरहित, भयमुक्त र स्वच्छ निर्वाचन सुनिश्चित गर्न सरकारले सक्रिय पहल गर्नुपर्ने धारणा राखेको थियो ।

आफूहरुले निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेको उल्लेख गर्दै माओवादी केन्द्रले नेपाली कांग्रेस र नेकपा (एमाले) लगायतका अन्य दललाई पनि तत्काल आवश्यक कदम चाल्न आग्रह गरेको थियो । बैठकमा माओवादी केन्द्रका तर्फबाट नेताहरु पम्फा भुसाल र बर्षमान पुन सहभागी थिए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट