दाङ । काँग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको घर लूटपाट र आगजनीमा कांग्रेसकै कार्यकर्ता संलग्न रहेको पाइएको छ ।
जेनजी आन्दोलनका क्रममा चौधरीको घरमा लूटपाट र आगजनी गर्नेमा नेपाली काँग्रेस तुलसीपुर उपमहानगर समितिका सदस्य अनिल रिजालको पनि संलग्नता देखिएको हो ।
रिजालले चौधरीको घर तोडफोड गरेर बाहिरिँदै गरेको तस्वीर सार्वजनिक भएपछि उनको संलग्नता देखिएको हो । तस्बिरमा चौधरीको घर जलिरहँदा घाँटीमा राष्ट्रिय झन्डा भिरेका रिजाल घरको पर्खालको भित्री भागबाट बाहिर हेरेर क्यामेरामा पोज दिएको देखिन्छ ।
रिजाल चौधरीको घर जलाइनु अघि एमाले तुलसीपुर नगर कमिटीको कार्यालय आगजनी र तोडफोडमा समेत संलग्न भएको पाइएको छ । रातो क्याप टोपी र कालो टिसर्ट लगाएका उनी एमाले पार्टी कार्यालय आगजनी र तोडफोडमा संलग्न भएको भिडिओ र तस्वीर पनि सार्वजनिक भएका छन् ।
प्रतिक्रिया दिनुहोस