२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

अति सामान्य भ्रष्टचार, सुशासन र सामाजिक सञ्जालका नाममा विद्यार्थीलाई झुक्याइयो : ओली

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति क्षेत्र मानिने विद्यालयका विद्यार्थीलाई जेनजी आन्दोलनका क्रममा नियोजित ढंगले उतारिएको बताएका छन् ।

आज बुधबार जेनजी आन्दोलनका क्रममा जलाइएका बालकोटस्थित आफ्नै निवास अवलोकन गर्ने क्रममा ओलीले भने, ‘...उनीहरु त्यसरी आन्दोलनमा जान नपर्ने तर एकदम सामान्य भ्रष्टचार नियन्त्रण होस् भन्ने माग अथवा अति सामान्य सुशासन होस् भन्ने माग र अति सामान्य रोकिएका सामाजिक सञ्जाल खुला गरियोस् भन्ने माग लिएर विद्यार्थीहरु मैदानमा उत्रिए जेनजीका नाममा तर कुरा त्यस्तो थिएन ।’

जेनजीका नाममा उत्रिएका विद्यार्थीहरुलाई झुक्याइएको आरोप ओलीले लगाए । जेनजी आन्दोलनपछि भएका आगजनी, तोडफोड जस्ता नरसंहारपूर्ण कामहरु योजनाबद्ध ढंगले भएको पनि उनले दाबी गरे ।

जलेको घर अवलोकनमा ओली पहिलो पटक पुगेका हुन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट