२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

सरकारले मविरुद्ध थप योजना बनाइरहेको छ, अचानक पलाएको सरकारको तमाशासँग विचलित हुँदिन : ओली

बुधवार , कार्तिक ५, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफुविरुद्ध थप योजना बनाइरहेको आशंका व्यक्त गरेका छन् ।

बुधबार जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटको घर अवलोकन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले आफुमाथि व्यक्तिगत दुश्मनी पालेको भन्दै आफुविरुद्ध थप योजना बनाईराखेको गम्भीर आशंका रहेको बताएका हुन् ।

गृहमन्त्रीको अन्तर्वार्ता हेर्दा सरकारको उद्देश्य, गन्तव्य, छर्लङ देखिएको उनले बताए । अध्यक्ष ओलीले अचानक पलाएका सरकारको तमाशासँग विचलित नहुने भन्दै ओलीले एमालेले देशमा शान्ति, सुव्यवस्था, भ्रष्टाचार नियन्त्रण गरेर छाड्ने स्पष्ट पारे ।

त्यस्तै उनले जेनजीको आन्दोलनको नाममा गलत तत्वहरुले देशको विरुद्ध भयानक षड्यन्त्र गरेको दाबी गरे । सरकारी, सार्वजनिक र व्यक्तिका घरमा आगजनी गर्नेहरु आपराधिक समूह नै भएपनि उनीहरुलाई सरकारले कारवाही समेत गर्न नसकेको आरोप लगाए ।

अध्यक्ष ओलीले जेनजी आन्दोनलका क्रममा आफ्नो घरमाथि तोडफोड र आगजनीका साथै महत्वपूर्ण सामानहरु लुटिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट