काठमाडौं । काठमाडौं महानगरपलिकाका मेयर बालेन शाहले कांग्रेस–एमालेप्रति कडा आक्रोश पोखेका छन् । उनले बुधबार साँझ फेसबुकमा पोस्ट गर्दै कडा व्यक्त गरेका हुन् ।
उनले जेनजी आन्दोलनका क्रममा कांग्रेस र एमालेबाट नै देशमा आगजनी र तोडफोड भएको बताएका छन् । उनले भनेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ । दोष आफ्नो बालबच्चालाई दिन्छौ ?’
तुइन र काठको पूल बनाउने नेताहरुले नै यो देश विदेशीले बिगार्यो भन्ने गरेको बालेनले बताएका छन् । उनले नेताहरुलाई प्रश्न गर्दै भनेका छन्, ‘भिसा पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ ?’
त्यस्तै, उनले कांग्रेस र एमालेलाई कडा आक्रोशसहित प्रश्न गरेका छन्, ‘चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ, लाज लाग्दैन ?
प्रतिक्रिया दिनुहोस