काठमाडौं । काठमाडौंको माइतीघरमा प्रर्दशन गर्न पुगेका जनेजी युनाइटेडका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
आज (शनिबार) बिहानदेखि स्थानीय प्रशासनबाट अनुमति नलिइ काठमाडौँको माइतीघरमा प्रदर्शनका लागि पुगेका प्रदर्शनकारीहरुलाई नेपाल प्रहरीले हिरासतमा लिएको हो ।

स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी परिसर, काठमाडौँले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार हालसम्म नियन्त्रणमा लिइएकाहरूको सङ्ख्या ७५ जना पुगेको छ ।
माइतीघरमा विभिन्न जेनजी समूह तथा अन्य समूहले दिनहुँजसो प्रदर्शन गर्दै आइरहेका छन् । उनीहरूले सरकारलाई दबाब दिने उद्देश्यले प्रदर्शन जारी राखेको बताएका छन् ।




© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend