काठमाडौं । वर्तमान सुरक्षा अवस्थाको विशेषण गरी आवश्यक कदम चाल्न बालुवाटारमा उच्चस्तरीय बैठक बसेको छ।
बैठकमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू सहभागी भएका थिए ।
करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि बैठकमा छलफल भएको थियो। बैठकपछि गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा अवस्थाबारे सूक्ष्म विश्लेषण गरिरहेको जानकारी दिए ।
विभिन्न समूहले प्रदर्शनका लागि तयारी गरेको भन्ने समाचार बाहिर आईरहेकोले आफ्ना राजनीतिक मागहरू जिम्मेवार ढंगले राख्न आग्रह गरे ।
उनले राजनीतिक मुद्दाको सम्बोधनका लागि संवादको ढोका खुल्ला रहेकाले अहिलको अवस्थालाई विचार गरी जिम्मेवार ढंगले प्रस्तुत भइदिन सम्बद्ध पक्षहरूलाई आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस