२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

ओली, देउवा र प्रचण्डको शासनकालको अवधीलाई ‘लुटतन्त्र’ घोषणा गरौँ : पूर्ण बस्नेत

शनिवार , कार्तिक ८, २०८२

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पूर्व प्रधानमन्त्रीद्वय केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डको शासनकालको अवधीलाई लुटतन्त्रको घोषणा गर्नुपर्ने बताएका छन् ।

२०७२ सालको संविधान जारी भएपश्चात २०८२ सम्म पालैपालो सत्तामा पुगेका पूर्वप्रधानमन्त्रीद्वयको शासनकालको महत्वपूर्ण कार्य भनेकै महँगी, गरिवी, बेरोजगारी, कुशासन, भ्रष्टाचार, कमिशनतन्त्र, विचौलीयाको चलखेल आदि भएको भन्दै बस्नेतले नेपाली राजनीतिको १० वर्षे उक्त कालखण्डलाई समग्रमा लुटतन्त्रको संज्ञा दिनुपर्ने बताएका हुन् ।

बस्नेत भन्छन् ‘देशको अर्थतन्त्र लामो समयदेखि व्यापार घाटा, वैदेशिक ऋण, अल्पविकास, बेरोजगारी, परनिर्भरता र असमानताको दुश्चक्रमा जकडियो । जनतामा सरकार, राजनीतिक दल र नेतृत्व वर्गप्रति नै व्यापक असन्तुष्टी फैलियो । युवा पुस्ताले देशमा आफ्नो भविष्य देख्न नसक्ने अवस्थामा पुर्याइयो । यो कालखण्डलाई अलग्गै राजनीतिक पहिचान दिनु उपयुक्त हुन्छ ।’

एनसेल, वाइडबडी, यती, ओम्नी, बुढीगण्डकी, सुनकाण्ड लगायत थुप्रै भ्रष्टाचारका काण्डहरू उनीहरुकै शासनकालको उपज भएको भन्दै यी सबैखाले भ्रष्टाचार काण्डको छानबिन गरी दोषीमाथि हदैसम्मको कारबाही हुनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट