सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

मन्त्री घिसिङले गरे सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको निरीक्षण (तस्बिरहरु)

मन्त्री घिसिङले गरे सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको निरीक्षण (तस्बिरहरु)

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन् ।

मन्त्री घिसिङ शनिबार अपरान्ह ४ बजे सिंहदरबारभित्र निर्माणाधीन संसद् भवनको अवलोकनमा पुगेका हुन् ।

हाल संघीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभा, संसदीय समितिहरू, संसदीय दलका कार्यालयसमेत रहने भव्य संरचना निर्माण गर्ने क्रम जारी छ ।

संसद् भवन नहुँदा २०६४ पछि सरकारले नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गर्दै आएको थियो ।

तर हालै भएको भएको जेनजी आन्दोलनको क्रममा प्रदर्शनकारीले त्यो भवनमा पनि आगजनी र तोडफोड गरी पूर्णरुपमा क्षेति पुर्याएपछि अहिले प्रयोग गर्न नमिल्ने अवस्था छ ।

तस्बिरहरु हेर्नुहोस् :

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend