काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दै छ ।
केन्द्रीय कार्यालय वनस्थलीमा आज (आइतबार) बिहान ११ बजे बैठक बोलाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।
उक्त बैठकमा समसामयिक राजनीति र आगामी कदम, विस्तारित बैठकको तयारी, मतदाता नामावली दर्ता अभियान, पार्टी गतिविधि समीक्षा र योजना लगायत एजेन्डामा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस