२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

नेपाल सरकारका तीन मन्त्री मधेश जाँदै, सुरक्षा व्यवस्थाबारे जानकारी लिने

सोमवार , कार्तिक १०, २०८२

काठमाडौं । आज सोमबार नेपाल सरकारका तीन मन्त्री र एक सचिव मधेश प्रदेश जाँदै छन्।

गृहमन्त्रालयका सचिव रामेश्वर दंगालसहित गृहमन्त्री ओम प्रकाश अर्याल, उद्योग र कानुनमन्त्री अनिलकुमार सिह्ना, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता मधेश जाने भएका हुन्।

उनीहरुले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारी र शान्ति सुरक्षाको व्यवस्थाबारे जानकारी लिने बताइएको छ ।

उनीहरू सोमबार र मंगलबार मधेशमै रहनेछन्। यसबीचमा उनीहरूले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग छलफल गर्नेछन्। साथै, उनीहरु छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट