२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

राष्ट्रिय–अन्तर्राष्ट्रिय तहमा मौलिक चाडपर्व तथा संस्कृतिको प्रवर्द्धन गर्नुपर्छ : अध्यक्ष नेपाल

सोमवार , कार्तिक १०, २०८२

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सबै जाति, समुदायका मौलिक चाडपर्व तथा संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रव्र्द्धन गरिनुपर्ने बताएका छन् ।

आज छठ पर्वका अवसरमा शुभकामना दिँदै उनले हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै समुदायका विविध संस्कृतिको संरक्षण र प्रवर्द्धनबाट सामाजिक सद्भाव तथा राष्ट्रिय एकता थप सुदृढ हुने विश्वास व्यक्त गरे ।

छठ पर्वले सामाजिक परिवर्तनको हकमा सांस्कृतिक आन्दोलनलाई जीवन्त राखेको बताउँदै अध्यक्ष नेपालले मुलुकमा सामाजिक विकृति र विसङ्गति विरुद्धको लोकसांङ्गीतिक पक्षले छठ पर्वको लोकप्रियतालाई बढाउँदै लगेको उल्लेख गरे ।

ऋतु परिवर्तन, चाडबाड, खेतीपातीका बेला एवं सुखदुःखको अवसरमा छठमा प्रस्तुत गरिने लोकगायन समसामयिक र सशक्त पक्ष भएको बताउँदै उनले विविधतामा एकता कायम राख्न यस पर्वले सहयोग पुर्याउने विचार व्यक्त गरे ।

पूर्वप्रधानमन्त्री नेपालले ‘सबै चाडपर्व सबै’को भन्ने धारणा विकाससँगै सद्भावपूर्ण तरिकाले छठ मनाउन आग्रह गर्दै यस पर्वबाट सामूहिकता र एकताको भावनालाई अभिवृद्धि गरिनुपर्ने बताए ।

मौलिक पर्वले विकास गरेका मूल्यमान्यता, सामाजिक परम्परा, भ्रातृत्व, असल संस्कार संरक्षणमा जोड दिने भन्दै उनले यसले व्यक्तिको मन, वचन र कर्ममा पवित्रता एवं शुद्धताको सञ्चार गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट