काठमाडौं । कोसी प्रदेश सभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले छठको सन्दर्भमा २८ औं दण्ड प्रणाम गरेका छन् ।
विराटनगरको ठूलोमिल चैकमा अवस्थित शिव पाञ्चायन मन्दिरबाट पूजाआरधना गरी आज बिहान उनले दण्ड प्रणाम शुरु गरेका हुन् । तीन किलोमिटर पूर्वमा अवस्थित सिंघिया खोलामा निर्मित छठघाटमा गई उनले अस्ताउँदो सूर्यलाई अर्घय दिएर उपासना पूरा गर्ने बताएका छन् ।
पराजुलीले विगत ३५ वर्षदेखि छठको व्रत बस्दै आएको र यो दण्ड प्रणाम २८ औं भएको बताए । बौद्ध, किरातसहितको वैदिक सनातन हिन्दू राष्ट्रू प्रति आफ्नो आस्था रहेको बताउँदै उनले हिन्दू धर्म विश्वमै पुरानो भएको चर्चा गरे ।उनी विराटनगर महानगरपालिकाको मेयर छँदासमेत हरेक वर्ष दण्ड प्रणाम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस