काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सिंगापुर प्रस्थान गरेका छन् । सभापति देउवासँगै पत्नी आरजु राणा देउवा पनि थप उपचारको लागि सिंगापुर प्रस्थान गरेका हुन् ।
देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत त्यसतर्फ प्रस्थान गरेका हुन् । भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका थिए ।
त्यसपछि नेपाली सेनाको अस्पतालमा उपचार भएको थियो । तर थप उपचारका लागि भन्दै देउवा दम्पती सिंगापुर गएका हुन् ।
जेनजी आन्दोलनका क्रममा आक्रमण हुँदा सभापति देउवाको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।
जेनजी आन्दोलनपछि देउवा असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए । सोही दिन देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई सोही दिन कार्यबाहक सभापति तोकेका थिए ।
प्रतिक्रिया दिनुहोस