काठमाडौं। तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखकलगायतका व्यक्तिलाई स्थानहद तोकिनु गलत भएको भन्दै सर्वोच्चमा रिट निवेदन पेश भएको छ।
अधिवक्ता डा. प्रेमराज सिलवालले स्थानहद तोक्नु गलत हो भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका हुन्।
उनले दायर गरेको रिटमा प्रधानमन्त्री कार्यालय, जेनजी घटनासम्बन्धी गौरिबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोग र गृहमन्त्रालयसमेतलाई विपक्षी बनाइएको छ ।
२३ र २४ को जेनजी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको अध्ययन गरी दोषीमाथि कारबाहीको सिफारिस गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको सिफारिसमा ओलीलाई सरकारले अनुमति बेगर काठमाडौं उपत्यका बाहिर जान रोक लगाएको छ भने उनको पासपोर्ट समेत रोक्का गरिएको छ।
उक्त निर्णय खारेज गरी अबदेखि कसैलाई पनि रोक नलगाउन, नगर्न परमादेश मागिएको छ ।
प्रतिक्रिया दिनुहोस