२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जेनजी युनाइटेडका युवाहरुले भेटे प्रधानमन्त्री, एकताबद्ध गराइदिन माग

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । जेनजी युनाइटेडका युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीसंग छलफल गरेका छन् ।

बिभिन्न समूहमा रहेका जेनजी युवाहरुलाई एकै ठाँउ ल्याउने वातावरण बनाउन माग गर्दै उनीहरुले मंगलबार प्रधानमन्त्री कार्कीसंग छलफल गरेका हुन् ।

जेनजी युवा बिभिन्न समूहमा रहँदा एकता बलियो हुन नसकेकाले सवैलाई एकतावद्ध गर्ने गरी पहलकदमी लिन आफुहरुले प्रधानमन्त्री समक्ष आग्रह गरेको जेनजी युनाइटेडका सदस्य सदिक्षा राइले जानकारी दिइन् । समान एजेण्डा बोकेका युवाहरु एकै ठाँउ आउनुपर्ने उनले बताइन् ।

उनले प्रधानमन्त्रीबाट सकारात्मक जवाफ आएको उल्लेख गरिन् ।

जेनजी युवाहरु एकतावद्ध हुनुपर्ने भन्दै पछिल्लो समय जेनजी युनाइटेडका युवाहरुले बिभिन्न कार्यक्रम समेत गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट