काठमाडौँ । सरकार, राजनीतिक दलका प्रतिनिधि र जेनजी अगुवाहरुबीच आज त्रिपक्षीय बैठक बस्दैछ ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएकी हुन् ।
उक्त छलफल अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु हुनेछ । बैठकमा निर्वाचन सफल पार्ने र परिवर्तन संस्थागन गर्ने विषयमा छलफल हुनेछ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन संयुक्त बैठक आयोजना गरिएको बताए । उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध वार्ता र छलफल भइरहेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस