२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

मंसिर ७ गतेदेखि आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा, हिंसात्मक नहुने जिकिर

बुधवार , कार्तिक १२, २०८२

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले मंसिर ७ गतेदेखि आन्दोलन गर्ने घोषणा गरेका छन् ।

बुधबार राष्ट्रिय मानव अधिकार आयोगका पदाधिकारीसंगको छलफलपछि सञ्चारकर्मीसंग कुरा गर्दै प्रसाईंले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने जानकारी गराएको बताऐ । आन्दोलन हिंसात्मक नहुने र मेचीदेखि महाकालीसम्मका क्षेत्रमा सञ्चालन हुने उनले बताए ।

उनले मंसिर ७ गते दिल्लीमा दलहरु र माओवादिबीच १२ बुँदे सम्झौता भएको र त्यही कारण मुलुक अप्ठेको अवस्थामा आइपुगेको मंसिर ७ गते देखि नै आन्दोलन सुरु गर्न लागेको उल्लेख गरे । आन्दोलनका क्रममा कसैले उल्लङ्घन गरे त्यसको जबाफदेही अभियान नहुने उनको भनाइ छ ।

जेनजी आन्दोलन हाइज्याक भएर विदेशिको इशारामा सत्ता हत्याउने काम भएको भन्दै उनले त्यस्तो आन्दोलन आफुहरुको नहुने स्पष्ट पारे ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट