काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छलफल गरेकी छन् । प्रधानमन्त्री कार्कीले बुधबार बालुवाटारमा राजनीतिक दल र जेनजी प्रतिनिधिहरूसँग छलफल गरेकी हुन् ।
उक्त छलफलमा प्रधानमन्त्री कार्कीले देश बनाउनका लागि एक पटकको छलफलले मात्रै नपुग्ने बताइन् ।
उनले अहिले संवादको सुरुवात भएको उल्लेख गर्दै यस्ता छलफलहरू बारम्बार हुनुपर्नेमा जोड दिइन् । देश आफूहरूले नै बनाउने बताउँदै उनले सबैलाई विचार आदानप्रदान गर्न आग्रह गरिन् ।
उनले भनिन्, ‘मुलुक हाम्रो हो, हामीले नै बनाउने हो, हामीले नबनाए कसैले बनाइ दिँदैन ।’
त्यस्तै, उक्त बैठकमा जेनजीहरूले चुनाव आवश्यक भएको बताउँदै आन्दोलनको मुख्य मागलाई सम्बोधन गरिनुपर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस