२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

त्रिपक्षीय बैठकमा मिराजले राखे जिल्ला समन्वय समिति खारेजदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म सर्त

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौँ । जेनजी प्रतिनिधि मिराज ढुंगानाले जिल्ला समन्वय समिति तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । बुधबार साँझ बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको त्रिपक्षीय छलफलमा उनले यस्तो बताएका हुन् ।

गरी खान देऊ अभियानका अध्यक्षसमेत रहेका ढुंगानाले नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने व्यवस्थालाई आफ्नो सर्त भएले बताए ।

साथै, उनले जेनजी आन्दोलनलाई तत्कालै राजनीतिक जनआन्दोलन घोषणा गर्नु पर्ने बताए ।

भदौ २३–२४ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको दमनको छानबिन गरी तत्कालीन जिम्मेवार सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट