सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

त्रिपक्षीय बैठकमा मिराजले राखे जिल्ला समन्वय समिति खारेजदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म सर्त

त्रिपक्षीय बैठकमा मिराजले राखे जिल्ला समन्वय समिति खारेजदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म सर्त

काठमाडौँ । जेनजी प्रतिनिधि मिराज ढुंगानाले जिल्ला समन्वय समिति तत्काल खारेज गर्नुपर्ने माग गरेका छन् । बुधबार साँझ बालुवाटारमा भएको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको त्रिपक्षीय छलफलमा उनले यस्तो बताएका हुन् ।

गरी खान देऊ अभियानका अध्यक्षसमेत रहेका ढुंगानाले नागरिक स्तरको भ्रष्टाचार अनुसन्धान निकाय गठन, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, विदेशस्थित नेपाली नागरिकलाई मतदान अधिकार प्रदान गर्ने व्यवस्थालाई आफ्नो सर्त भएले बताए ।

साथै, उनले जेनजी आन्दोलनलाई तत्कालै राजनीतिक जनआन्दोलन घोषणा गर्नु पर्ने बताए ।

भदौ २३–२४ गतेको शान्तिपूर्ण आन्दोलनमा भएको दमनको छानबिन गरी तत्कालीन जिम्मेवार सम्पूर्ण दोषीलाई कारबाही गर्नुपर्ने पनि उनले बताए ।

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend