काठमाडौं । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चार बुँदे सन्देश सार्वजनिक गरेका छन् । बुधबार उनले कारागारबाट आफ्ना चार बुँदे सन्देश सार्वजनिक गरेका हुन् ।
उनले रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनुपर्ने बताएका छन् । परिस्थिति जस्तोसुकै आए पनि रास्वपालाई पहिलो शक्ति बनाउने दृढतामा आफू कमजोर नहुने उनले बताएका छन् ।
उनले भनेका छन्, ‘रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनुपर्छ। यो क्षणिक लाभ–हानिको सोचले सम्भव हुँदैन। परिस्थिति जस्तोसुकै आए पनि रास्वपालाई पहिलो शक्ति बनाउने दृढतामा म कमजोर हुने छैन, मेहनत र समय लागे पनि लक्ष्य त्यही हो ।’
त्यस्तै उनले अघिल्लो सरकारले आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा माग गरेका छन् ।
लामिछानेले एक पटक चिठ्ठा परेकालाई पटक–पटक नपर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘एकपटक चिठ्ठा परेकाहरू पटक–पटक पनि पर्ला भन्ने सोच्छन् । तर संयोग दोहोरिँदैन । भर्खरै चिठ्ठा परेकाहरू फेरि त्यसकै लोभमा छन् । लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन ।’
वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी अहिले रास्वपामा आएको भन्दै रविले भनेका छन्, ‘पछिल्लो जनमतका आधारमा चौथो शक्ति भएकाले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ । आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार छौं ।’
यस्ता छन् रवि लामिछानेका चार सन्देश :
१. अघिल्लो सरकारले राजनीतिक प्रतिशोधका आधारमा आफूविरुद्ध लगाएको मुद्दामा वर्तमान सरकारको धारणा खोजिरहेको छु, ‘फेभर’ होइन । हिजो ‘अन्याय भयो’ भन्नेहरूले आज केही त बोल्नैपर्छ ।
२. पछिल्लो जनमतका आधारमा चौथो शक्ति भएकाले वैकल्पिक र परिवर्तनकारी दल, समूह र व्यक्तिलाई एकीकृत गर्ने जिम्मेवारी रास्वपामा छ । आवश्यक परे नेतृत्व र त्याग दुवै गर्न तयार छौं ।
३. एकपटक चिठ्ठा परेकाहरू पटक–पटक पनि पर्ला भन्ने सोच्छन् । तर संयोग दोहोरिँदैन । भर्खरै चिठ्ठा परेकाहरू फेरि त्यसकै लोभमा छन् । लोभीहरूले चिठ्ठा किन्न सक्छन्, तर हरेक जालमा माछा पर्दैन ।
४. रास्वपालाई मुलुकको नेतृत्व गर्ने दल बनाउनुपर्छ । यो क्षणिक लाभ–हानिको सोचले सम्भव हुँदैन । परिस्थिति जस्तोसुकै आए पनि रास्वपालाई पहिलो शक्ति बनाउने दृढतामा म कमजोर हुने छैन, मेहनत र समय लागे पनि लक्ष्य त्यही हो ।
प्रतिक्रिया दिनुहोस