२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

बालेनले दबाब दिइरहेको भन्दै आएका भ्रमपूर्ण समाचारप्रति प्रधानमन्त्री कार्कीद्वारा ध्यानाकर्षण

बिहिवार , कार्तिक १३, २०८२

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका भ्रमपूर्ण विवरणहरुप्रति ध्यानाकर्षण भएको जनाएकी छन् ।

आज प्रधानमन्त्री कार्यालयका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले प्रेस विज्ञप्ति जारी गर्दै कसैलाई कुनै मन्त्री बनाउने वा हटाउने विषय विशुद्ध प्रधानमन्त्रीको अधिकारक्षेत्रको विषय भएको र कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन नसक्ने उल्लेख गरेका छन् ।

“जेनजी आन्दोलनबाट व्यक्त जनादेशअनुरूप यो सरकार गठन भएको, यो असामान्य परिस्थितिमा राष्ट्रको गहन जिम्मेवारी सम्हाल्न आउनुभएका गृहमन्त्री अर्याल आगामी निर्वाचन सम्पन्न गर्नका लागि वातावरण निर्माण गर्न, शान्ति सुरक्षा कायम राख्न र सुरक्षा संगठनहरूको मनोबल उच्च राख्न अहोरात्र खटिरहनुभएको सबैलाई विदितै रहेको छ”, विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्री कार्यालयले यस संवेदनशील परिस्थितिमा यस्ता अफवाह नफैलाउन र नपत्याउन पनि सम्बन्धित सबै पक्षलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट