२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पार्टी बाहिर रहेका नेताहरूलाई एमालेमा फर्किन अध्यक्षको आह्वान स्वागतयोग्य : योगश भट्टराई

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा एमालेका सचिव योगश भट्टराईले पार्टीमा योगदान गरेका तर हाल पार्टी बाहिर रहेका नेताहरूलाई एमालेमा फर्किन अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वान स्वागतयोग्य रहेको बताएका छन्।

सामाजिक सञ्जालमार्फत भट्टराईले भनेका छन्, “नेकपा एमालेको निर्माणमा योगदान गरेका कमरेडहरूलाई पुनः यो आन्दोलनमा समाहित हुनका लागि पार्टी अध्यक्षले गर्नु भएको आह्वान स्वागतयोग्य र समय सान्दर्भिक छ।”

उहाँले एमालेको भूमिकाबारे थप टिप्पणी गर्दै भने, “जनताको बहुदलीय जनवादको मार्ग निर्देशन र नेकपा एमालेको अगुवाइमा सिंगो वाम आन्दोलनलाई एकताबद्ध बनाउनु आजको राष्ट्रिय कार्यभार हो।”

साथै, भट्टराईले एमालेलाई प्रगतिशील रूपान्तरणमा विश्वास गर्नेहरूको केन्द्र बन्ने ठाउँको रूपमा व्याख्या गर्दै भने, “जवजको सिद्धान्त ‘शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा’ विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नै पर्छ त्यो एमाले हो। निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ।”

भट्टराईको यस अभिव्यक्तिले पार्टी पुनर्गठन र बाहिर रहेका नेताहरूलाई फर्काउने प्रयासमा सकारात्मक सन्देश जाने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट