२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

एमालेले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने

शनिवार , कार्तिक १५, २०८२

काठमाडौं । नेकपा एमालेले पार्टीको ११ औं राष्ट्रिय महाधिवेशन काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

शनिबार पार्टी अध्यक्ष केपी ओली निवास गुण्डुमा बसेको एमाले सचिवालय बैठकले पार्टीको एघारौं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने भनिएकोमा अव महाधिवेशनको स्थल परिवर्तन गर्दै काठमाडौंमा सोहि मितिमा नै गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले महाधिवेशनका लागि चूनिने प्रतिनिधिहरुको चयन प्रक्रिया निर्धारण गरेको छ । जस अनुसार ६ लाख ६७ हजार ६ सय ३० पार्टी सदस्यहरुबाट बिभिन्न अनुपातमा प्रतिनिधि चयन गरिने उनले बताए ।

उनले आगामी मंसिर १३ गते शनिबार देशभर एकै पटक महाधिवेशन प्रतिनिधि चयन गर्ने जानकारी दिए ।

संघीय निर्वाचन क्षेत्रलाई आधार मानेर १२ सय पार्टी सदस्य बराबर १ जना महाधिवेशन प्रतिनिधि चयन हुने उनले बताए । बैठकले बिभिन्न उद्योगमा देखिएको विधुत वक्यौता विवाद समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट