सोमबार, कार्तिक २४ २०८२

सोमबार, कार्तिक २४ २०८२

उद्योग संगठन मोरङको माग : ‘काटिएको बिजुली तत्काल सुचारु गर्नू’

उद्योग संगठन मोरङको माग : ‘काटिएको बिजुली तत्काल सुचारु गर्नू’

विराटनगर । लामो समयदेखि विवादित रहेको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुलको विषयमा उत्पन्न विवादका कारण नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा आपूर्ति रोक्दा उत्पादन बन्द हुन पुगेको भन्दै मोरङ उद्योग संगठनले गम्भीर आपत्ति जनाएको छ ।

संगठनले आइतबार जारी गरेको विज्ञप्तिमा विद्युत् कटौतीका कारण औद्योगिक उत्पादन ठप्प भएको र यसले निजी क्षेत्रप्रति नकारात्मक सन्देश दिएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “डेडिकेटेड र ट्रंकलाइन महसुलको विवाद लामो समयदेखि समाधानविहीन रहँदै आएको छ । सरकार परिवर्तनसँगै पटक–पटक विवाद बल्झँदा निजी क्षेत्रलाई नकारात्मक रूपमा चित्रित गर्ने प्रवृत्ति देखिएको छ, जसप्रति हाम्रो गम्भीर चासो छ ।”

संगठनका अनुसार, उद्योगमा बिजुली काटिँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक प्रभाव परेको छ । साथै, उत्पादन बन्द हुँदा रोजगारी, राजस्व, बैंक ब्याज भुक्तानी र बजार सञ्जालमा समेत प्रतिकूल असर परेको छ ।

मोरङ उद्योग संगठनले नेपाल विद्युत् प्राधिकरण, नेपाल सरकार र निजी क्षेत्रबीचको त्रिपक्षीय समन्वयमा तत्काल विवाद समाधान गरी उद्योगमा विद्युत् आपूर्ति पुनः सुचारु गर्न जोडदार माग गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “उद्योग–कलकारखाना बन्द हुँदा थप जटिलता सिर्जना हुन नदिन अहिले काटिएको विद्युत् आपूर्तिलाई अविलम्ब सञ्चालन गर्न आग्रह गर्दछौं ।”

ताजा अपडेट
लोकप्रिय

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend