चितवन । नेकपा (विप्लव समूह)का अध्यक्ष नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्दले जेनजी आन्दोलनका क्रममा पक्राउको तयारी भइरहेका समाचारप्रति कडा प्रतिक्रिया दिएका छन्।
शनिबार चितवनमा पत्रकार सम्मेलन गर्दै उनले भने, “फोटो वा भिडियोमा देखिएको भरमा कसैलाई पक्राउ गरियो भने हामी चुप लाग्ने छैनौं, फेरि डर लाग्दो आन्दोलन सुरु हुनेछ।”
प्रकाशले आफू युवाको हैसियतमा पाँच हजार युवासँग हात मिलाएको दाबी गर्दै प्रहरी प्रशासनले आन्दोलन दबाउने प्रयास रोक्न चेतावनी दिए। उनले भने, “हामीलाई तर्साउने काम भयो भने सबैखाले साङ्ला तोडेर आन्दोलन गर्नेछौं।”
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तोडफोडमा संलग्नको विवरण संकलन भइरहेको र पक्राउ प्रक्रिया अघि बढाइने बताएपछि प्रकाशको नेतृत्वमा युवा समूह पुनः सक्रिय बनेको हो।

प्रतिक्रिया दिनुहोस