२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रचण्ड, माधव र नारायणकाजीबीच आलोकनगरमा छलफल

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा छलफलमा जुटेका छन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका हुन् ।

पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि उनीहरू जुटेका हुन् । छलफलमा पार्टीको नामबारे छलफल भएको छ ।

हिजो (आइतबार) मात्रै माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेका थिए । उक्त एकतामा पार्टीको चुनाव चिन्ह तारा राखेका छन् । त्यस्तै, दलको नाम भने घोषणा गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट