२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

पदबाट राजीनामा दिने हल्ला असत्य हो, जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छु : मन्त्री घिसिङ

सोमवार , कार्तिक १७, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिँदै गरेको भन्दै विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा आएका समाचारबारे ध्यानाकर्षण भएको जनाएका छन् ।

उनले सोमबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् । उनले उक्त समाचार सत्य नभएको बताएका छन् ।

उनले भनेका छन्, ‘विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा मैले पदबाट राजीनामा दिंदै गरेको भन्दै प्रसारित समाचारहरूप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहान्छु ।’

उनले जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा यो सरकार बनेको भन्दै जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

उनले भनेका छन्, ‘जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ । तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट