२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन मितिमा अझै मतभेद

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौं । महाधिवेशनको मितिमा सहमति नजुट्दा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे बस्दै छ।

बैठकमा पार्टीको १५औं महाधिवेशन कहिले गर्ने भन्ने विषय मुख्य एजेन्डा हुनेछ। महाधिवेशन २१ फागुनको प्रतिनिधिसभा उपनिर्वाचन अघि गर्ने कि पछि गर्ने भन्नेमा नेताहरूबीच अझै सहमति जुटेको छैन।

सहमतिको प्रयासस्वरूप गत शुक्रबार र आइतबारका लागि तोकिएका बैठकहरू पनि स्थगित गरिएका थिए। आजको बैठकमा महामन्त्री गगन कुमार थापा नेतृत्वको समूह र संस्थापन पक्ष दुबैले अलग–अलग कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन्।

संस्थापन पक्षको सोमबार नयाँ बानेश्वरमा बसेको भेलाले १५औं महाधिवेशन आगामी २५ देखि २८ वैशाखसम्म गर्ने प्रस्ताव गरेको छ। तर, इतर पक्षका नेताहरूले प्रतिनिधिसभा निर्वाचनअघि नै नियमित वा विशेष महाधिवेशन बोलाउनुपर्ने माग गर्दै आएका छन्।

उनिहरूले विशेष महाधिवेशनका लागि आवश्यक ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइसकेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट