काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले पुस १६ देखि १९ गतेभित्र महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।
पार्टीको जारी केन्द्रीय समिति बैठकमा उनले उक्त प्रस्ताव पेश गरेका हुन् । सानेपामा जारी बैठकमा उनले कार्यतालिका पेस गर्दै चुनावअघि महाधिवेशन गर्नैपर्ने बताएका हुन् ।
महामन्त्री थापाले बोलिसकेपछि अहिले सहमहामन्त्री महेन्द्र यादवले बोल्दैछन्। उनले संस्थापन पक्षको तर्फबाट वैशाखमा महाधिवेशन गर्नेगरी कार्यतालिका पेश गर्नेछन्।
सोमबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेलाले आगामी २५ देखि २८ वैशाखसम्म महाधिवेशन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लाने निर्णय गरेको थियो ।
प्रतिक्रिया दिनुहोस