२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

जनार्दन शर्माले गरे ‘प्रगतिशील अभियान नेपाल’ घोषणा, नयाँ समाजवादी बाटो विकास गर्ने

मंगलवार , कार्तिक १८, २०८२

काठमाडौँ । नेता जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन् । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले सो घोषणा गरेका हुन् ।

उनले उक्त अभियानमार्फत नयाँ समाजवादी बाटो विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताए । उनले एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए ।

उनले भने, ‘अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो । उतै जानुभयो । हामीले त्यो कुरालाई स्वीकार गरेनौं र हामीले नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान सञ्चालन गर्ने अठोट गरेका छौं ।’

त्यस्तै, नेता शर्माले सहिदका बलिदानलाई खेर जान नदिने र तिनको जिम्मेवारी लिई पूरा गर्ने आफूहरूको अठोट रहेको पनि बताए ।

 

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट