काठमाडौँ । नेता जनार्दन शर्माले नयाँ राजनीतिक अवधारणासहित ‘प्रगतिशील अभियान, नेपाल’ नामक राजनीतिक अभियानको घोषणा गरेका छन् । मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै उनले सो घोषणा गरेका हुन् ।
उनले उक्त अभियानमार्फत नयाँ समाजवादी बाटो विकसित गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेकपा एससहित साना दलसँगको एकता प्रक्रियाप्रति असहमति जनाउँदै पार्टी छाडेर हिँडेका शर्माले जेनजी आन्दोलनले उठाएको माग र भावना विपरीत भएकाले आफूहरू एकता प्रक्रियामा सहभागी हुन नसकेको बताए । उनले एकताको नाममा घृणा फैलाउने काम भइरहेको आरोप लगाए ।
उनले भने, ‘अध्यक्ष प्रचण्डले माओवादी पार्टी छाडेर माधवकुमार नेपालजीको नीतिमा आत्मसमर्पण गर्नुभयो । उतै जानुभयो । हामीले त्यो कुरालाई स्वीकार गरेनौं र हामीले नयाँ ढंगले पुनर्गठनसहित प्रगतिशील अभियान सञ्चालन गर्ने अठोट गरेका छौं ।’
त्यस्तै, नेता शर्माले सहिदका बलिदानलाई खेर जान नदिने र तिनको जिम्मेवारी लिई पूरा गर्ने आफूहरूको अठोट रहेको पनि बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend